दफा २०
सार्वजनिक हितका निमित्त प्रयोग गर्न पाउने अधिकार
: (१) कुनै सार्वजनिक संकटकालीन अवस्था आइपरेमा वा सार्वजनिक शान्ति सुरक्षाको निमित्त आवश्यक परेमा नेपाल सरकार वा सो कामको लागि नेपाल सरकारबाट अधिकार भएको कुनै अधिकृतले लिखित आदेश पठाई हुलाकबाट चलान गर्दाको अवस्थाको कुनै खास हुलाक वस्तु वा कुनै खास किसिमको हुलाक वस्तुलाई सोही आदेशमा तोकिए बमोजिम रोक्का गरी राख्न वा टुंगो लगाउन निर्देश दिन सक्नेछ।
(२) कुनै सार्वजनिक संकटकालीन अवस्था आइपरेको हो होइन वा उपदफा (१) अन्तर्गत गरिएको कुनै काम सार्वजनिक शान्ति सुरक्षाको निमित्त हो होइन भन्ने प्रश्न उठेमा तत्सम्बन्धमा नेपाल सरकारले गरिदिएको प्रमाणपत्रहरुलाई सबूद मानिनेछ ।